झापामा ६ महिनामा ३८ जनाको मृत्यु: मृत्युहुनेमा सवैभन्दा बढी मोटरसाइकल चालक र सवार

0
783

लक्ष्मी उप्रेती,
मेचीनगर ।

चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो ६ महिनामा झापा जिल्लामा भएका सवारी दुघर्टनामा परेर ३८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक बर्ष २०७७/०७८ को साउनदेखि पुसमहिनासम्ममा जिल्लाका अलग अलग स्थानमा भएका २ सय ४३ वटा दुर्घटना संख्यामा परी ३० पुरुष तथा महिला र बालक ४/४ गरी ३८ जनाको मृत्यु भएको हो । अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनमा परी ज्यान गुमाउँनेको तथ्याङ्क प्रहरीसंग लामै छ ।

कुल दुर्घटना संख्यामा ३ सय ७४ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सवैभन्दा बढी मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाउने छन् । प्रहरीको भनाई अनुसार झापा जिल्लामा मोटरसाइकल दुर्घटनमा परी ज्यान गुमाउँनेको संख्या अन्य सवारी साधनका तुलनामा झण्डै ७० प्रतिशत छ ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेपनि कलिलै उमेरका बढी रहेको कार्यालयले जनाएको छ । क्षमता भन्दाबढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउदा यात्रा झन जोखिम हुने गरेको प्रहरीको भनाई छ । मोटरसाइकल चलाउदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकाँशले हेल्मेट प्रयोग नगर्ने प्रहरीको भनाई छ।

अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । चालक अनुमती पत्र बिना सवारी चलाउन नपाइने नियम भएपनि लाइसेन्स बिना सवारी साधन चलाएका घटना पनि प्रशस्त रहेका छन् । उनीहरु कारवाहीमा पर्ने गरेको प्रहरी बताउछ् ।

सोहि घटनामा परेर १ सय ३० पुरुष, २४ महिला, ९ बालक र ३ बालिकागरी कुल १ सय ६६ जना सक्त घाईते भएका छन् भने २ सय २ जना सामान्य घाइते भएका छन् । कार्यालयका अनुसार १ सय ६० पुरुष, २६ महिला,१२ बालक र ४ बालिका सामान्य घाइते भएका हुन् । सो अवधिमा सवारी साधनको ठक्करबाट एउटा चौपाया समेत घाइते बनेको कार्यालयको भनाई छ ।

प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परेका कुल साधन मध्ये सवैभन्दाबढी मोटरसाईकल रहेको कार्यालयको दुर्घटना फाँटले जनाएको छ । मोटरसाईकल तीव्रगतिका कारण आफै अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

६ महिनाको अवधिमा सवैभन्दा बढी २ सय १९ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए भने सवैभन्दा कम डोजर एउटा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मोटरसाइकल तीव्ररुपमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको हो । मोटरसाईकल दुर्घटना भए शायदै मात्र मान्छे बाच्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् ।

सो अवधिमा ट्रक २२, टिपर र बस ७/७, माइक्रो बस ४ जीप,कार भेन ३७, टयाक्टर १५, टेम्पो १७ अन्य ४५ वटा सवारी साधन दुर्घटनमा परेको अभिलेख कार्यालयसँग छ । अघिल्ला महिनाभन्दा पछिल्ला महिनामा जिल्लामा सवारी दुघर्टनामा बृद्घि भएको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को पहिलो साउनमहिनामा २४ वटा दुघर्टना संख्या थियो । तर, पुस मसान्तसम्ममा मात्रै एकसय एउटा दुघर्टना संख्या रहेको छ । यसैगरी, भदौ २३, असोज १५, कात्तिक ३३ र मंसिरमा ४७ वटा दुर्घटना संख्या रहेको कार्यालयले जनाएको छ ।

सवारी नियम उल्लंघन गर्नेपनि मोटरसाईकलनै बढी

जिल्लामा सवारी नियम उल्लंघन गर्नेमा पनि मोटरसाइकल नै रहेका छन् । चालु आर्थिक बर्ष २०७७/२०७८ को पहिलो ६ महिनामा जिल्लामा ८ हजार ७ सय ६० वटा मोटरसाइकलले सवारी नियम उल्लंघन गरेको तथ्याङक् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ ।

चालु आर्थिक बर्ष साउनदेखि पुसमहिनाको अन्त्यसम्म आईपुग्दा कार्यालयले सवारी नियम उल्लंघन गर्ने २४ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सो अवधिमा २४ हजार ५ सय वटा सवारी साधन कारवाहीमा परेका छन् । कुल कारवाही संख्या मध्ये मोटरसाईकल मात्रै ८ हजार ७ सय ६० वटा रहेका छन् ।

कार्यालयले नियमित एवम् छड्के चेकजाँचका क्रममा सवारी साधनलाई कारवाही गरे वापत १ करोड ७१ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मोटरसाइकलबाट मात्रै लाई कारवाही स्वरुप कार्यालयले ६१ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ्ग गर्ने, हेल्मेट नलगाउने, डिजिटल हरन बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरीवाना गरिने कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा कमि ल्याउन कार्यालयले बेला बखत जिल्लाका अलग अलग स्थानमा गरेको छड्के चेकजाँच गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here