कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

0
1054

बनियानी,

झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।

मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो । आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ ।

स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here