मानव शरीर र श्वासप्रश्वास

८ माघ २०७७, बिहीबार मा प्रकाशित

श्वास मानव जीवनको सबैभन्दा महत्वपूर्ण अस्तित्व हो । श्वास बिनाको मानवको कुनै अर्थ रहँदैन । हामीले फेरिरहेको श्वासले सम्पूर्ण जीवनको अस्तित्वको बोध गराएको हुन्छ । यसभित्र के छ त ? तपाईले देख्नु भएको छ ? हाम्रो शरीरभित्र कम्पन छ, तरङ्ग छ । प्रकृतिमा हावा, पानी, सूर्य, बोटबिरुवा, ग्रह–उपग्रह आफ्नो स्थानमा चलिरहेको छ । चराचुरुङीको ध्वनि छ । प्रकृति आफ्नो अनुशासनमा चलिरहेको छ । उनीहरु आफ्नो लयमा चलिरहेको हुन्छ ।

मानव जीवनको त्यसैगरी छुट्टै अस्तित्व छ प्रकृतिमा । मानव जीवनको सात अस्तित्वमध्ये श्वास मुख्य हो । शरीर, श्वास, मन, चित्त, बुद्धि, अहंकार र आत्मा हाम्रो मानव जीवनको अस्तित्व हो । श्वासले बाँकी अस्तित्वलाई नियन्त्रण र काबुमा राखेको छ । श्वास र मनबीच गहिरो सम्बन्ध रहेको छ र एकअर्काको परिपुरक छन् । श्वासमा परिवर्तन आउँदा मनमा परिवर्तन आउँछ । भावना संवेदनामा परिवर्तन ल्याइ दिएको हुन्छ । हामीलाई रिस उठ्दा श्वासको गति छिटो–छिटो हुन्छ भने हामी खुशी अथवा आनन्दमा रहँदा श्वास लामो र हलुका हुन्छ । श्वासले मनलाई परिवर्तन ल्याइरहेको छ । अर्कोतिर हाम्रो भावना समेत परिवर्तन गराइ रहेको छ ।

जन्मदेखि श्वास फेरिरहेको छौं । एकपटक सोच्नुहोस् त श्वासप्रति हामी सजक छौं ? पक्कै पनि छैनौं । कस्तो बेलामा श्वास फेरेको अनुभव गर्नुभएको छ । छिटो–छिटो हिँड्दा, दौडदा, भारी काम गर्दा मात्र श्वास फेरेको अनुभव गर्न सक्छौं । श्वासमा अरु कुरा के हुन सक्छ ? श्वासमा के छ ? हाम्रो मन चञ्चल छ, कता–कता दौडिरहेको छ । कहिले भूत कहिले त भविष्यमा छ हाम्रो मन स्थिर छैन । हाम्रो मन वर्तमान हुँदैन । जीवनमा खुशी, शान्त, तनावरहित हुन चाहन्छौं । तर, जीवनमा कसरी खुशी हुने ? तनावरहित जीवन कसरी बाच्ने ? योग ध्यान प्राणयाम गरेर । जुन कुरा चाहिँ श्वासबाट सम्भव छ । श्वासलाई नियन्त्रण गरेर मनबाट उत्पन्न हुने रोगबाट बच्न सकिन्छ ।

डिप्रेशन एन्जाइटी उदाशिनता तनाव विभिन्न रोगबाट बच्न सकिन्छ । हामीलाई अधिकांश रोगहरु श्वासबाट लागिरहेको छ । हामीले अशुद्ध र गलत तरिकाले श्वास फेरिरहेका छौं । अहिलेले भागदौडको समयमा श्वासको महत्व बुझ्न जरुरी छ । त्यो भएर योग ध्यानको महत्व दिनानुदिन बढिरहेको छ । एकैछिन मात्र आँखा बन्द गरेर श्वासलाई हेरौं त कति चाँडो शान्त हुन्छ । श्वासलाई नियन्त्रण गरेर वर्तमान समयमा ल्याउन सकिन्छ । दैनिक जीवनमा आइपर्ने परिस्थितिसँग जुध्न सामथ्र्य दिन्छ ।

योग ध्यान सिकेर श्वासको अझ महत्व बुझ्न सकिन्छ । हामीले जीवनमा चाहेको कुरा हाम्रो नाकको टुप्पोमा छ । खुशी, आनन्द, शान्त मन तनावरहित जीवन सबथोक छ, जुन चाहिँ हामीले खोजिरहेका छौं । तर, पाउन सकिरहेको छैनौं । श्वासको अझ गहिराइमा रूपमा बुझ्न् योग, ध्यान, प्राणायाम, साधना सिक्न र हाम्रो जीवनमा उतारेर अभ्यास गर्नुपर्दछ । अझ श्वासमा के छ बुझ्न् सकिन्छ ।

श्वास छ जीवन छ, श्वास छैन, जीवन पनि छैन । जन्मदा श्वास फे¥यौं अनि रोयौं । श्वास लिनु र छोड्नुको जुन अविधि छ त्यो नै जीवन हो । फोक्सोले पर्याप्त रुपमा अक्सिजन प्रवाह गरिरेको हुँदैन । त्यसकारण हामीले चाहे जति ऊर्जा प्राप्त गर्न सक्दैनौं । मानसिक र भावनात्मक रुपमा थकित भएको अनुभव गर्छौं । श्वास लिँदा छाती फुल्छ र फोक्सोको भाग फैलिन्छ । जसले गर्दा मष्तिष्कसम्म ऊर्जा पुग्छ । आजभोलिको जीवनशैली, खानपान, व्यस्त जीवनले गर्दा फेक्सोको प्रतिरोध क्षमतामा ह«ास आइरहेको छ । सामान्यरुपमा तीस प्रतिशत मात्र हामीले प्रयोग गरिरहेका हुन्छौं ।

जसले दैनिकरुपमा योग, ध्यानको अभ्यास गर्छ त्यो व्यक्तिको फोक्सोकोे क्षमता बढ्छ । फोक्सोको क्षमता बढाउन श्वासबाट सम्भव छ । शरीरमा भएको अस्सी प्रतिशत विकारहरु बाहिर निकाल्न सक्छौं । श्वासलाई नियन्त्रण गर्ने पद्धतिलाई प्राणायाम भनिन्छ, जसले श्वासको लयबद्ध सही ठाउँमा ल्याउने गर्छ । हामीले श्वास त फेरिरहेका हुन्छौं, तर श्वासप्रति सजक हुँदैनौं । आँखा बन्द गरेर हेर्ने हो भने हाम्रो मन तुरुन्त शान्त हुन्छ । खुशी, आनन्द, स्वस्थ शरीर र शान्त मनको लागि योग–ध्यान–प्राणायाम गर्न जरुरी छ । प्रत्येक मानव शरीरभित्र आउने श्वासले ऊर्जा दिन्छ र बाहिर जाने श्वासले विश्राम दिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here