मृगौलापीडित र अशक्त वृद्धवृद्धालाई हङकङ–झापा मञ्चको सहयोग

८ माघ २०७७, बिहीबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड।

वैदेसिक रोजगारीको सिलसिलामा हङकङमा रहेका झापालीहरुको संस्था हङकङ–झापा मञ्चले झापा बिर्तामोड –६ का मृगौलापीडित र अशक्त वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग गरेको छ ।

 

हङकङ–झापा मञ्चले बिर्तामोड –६ का मृगौलापीडित सागर परियारलाई ४० हजार रुपैयाँ , बुद्ध लिम्बूलाई ४० हजार रुपैयाँ र देवकुमार मगरलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।

त्यस्तै हङकङ–झापा मञ्चले पालनपोषण गर्ने कोहि नभइ समस्यामा रहेका अशक्त वर्णबहादुर राईलाई २० हजार रुपैयाँ, नुनी मुर्मुलाई २० हजार रुपैयाँ, दिलबहादुर सार्कीलाई १० हजार रुपैयाँ सहयोग गरेको थियो भने मोदरी ब्रेसालाई पाँच हजार रुपैयाँ र पाँच हजार रुपैयाँ बरावरकोे खाद्यान्न सहयोग गरेको थियो ।

 

 

हङकङ –झापा मञ्च हङकङका अध्यक्ष देव लावती, उपाध्यक्ष सुरज राई लगायत कार्यसमितिका पदाधिकारी र सहयोगीहरुले संकलन गरि हङकङ –झापा मञ्च हङकङका संस्थापक सल्लाहकार मदनकुमार कन्दङ्गवा मार्फत उक्त रकम मृगौलापीडित र अशक्त वृद्धवृद्धाहरुको घर–घरमै पुगेर हस्तान्तरण गरिएको थियो ।

उक्त रकम बिर्तामोड –६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा,सामाजिक अभियन्ता रोहित लिम्बू, वडासदस्य एलबिन्द्र खत्री, पर्शुराम खनाल, मन कुमार भट्टराई, जगत राई ,बिरेन मेचे, पदमबहादुर घिसिङ लगायतले मृगौलापीडित र अशक्त वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरेका थिए ।

 

कार्यक्रममा सहभागीले खर्चको अभावमा मृगौलाको डायलाइसिस गर्न समेत बञ्चित रहेका र जाडोको समयमा कष्टकर जीवन विताउँदै आएका अशक्त वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग गरेर हङकङ–झापा मञ्चले ठूलो गुन लगाएको बताए ।

त्यस्तै मृगौलापीडित र अशक्त वृद्धवृद्धाहरुले आफुहरुको चहर्याईरहेको घाउमा मल्हमपट्टि गर्न घर–घरमै आएर आर्थिक सहयोग गरेकोमा हङकङ–झापा मञ्चलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रञ्जित परियारले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here