पूर्वमा चलचित्रको सुटिङ शुरु

८ माघ २०७७, बिहीबार मा प्रकाशित

बिर्तामोड।

कोभिड १९ को खोप नेपाल भित्रीएसंगै चलचित्रकर्मी पुःन जुर्मुराएका छन । करिब १० महिना देखी ठप्प भएको नेपाली चलचित्र उद्योग पुन उठ्ने प्रयासमा जुटेको छ । शुक्रबारबाट झापा लगायतका पुर्वी जिल्लाहरुमा नेपाली चलचित्र खतरनाक क्यारेङग्याङ सुटिङ हुने भएको छ ।

प्रथम लिम्बुवान महिला निर्देशक हिमाली लिङदेन द्वारा उक्त चलचित्र निर्देशन गरीने भएको छ । प्रथम लिम्बु समुदायकी निर्देशक लिङदेन बिर्तामोड निवासी हुन् । एस एस इन्टरनेश्नल फिम्स प्रा.लीको ब्याँनरमा निर्माण हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन मन्त्री रहेका छन् । सो चलचित्रको कथा,पट कथा सम्बाद उदय सुब्बाको रहने निर्देशक लिङदेनले बताइन । चलचित्रको मुख्य सहायक निदेशकमा बिश्वराज लिम्बु र अनुराग कटटेल रहने छन । २ ओटा गीत समावेश गरीने चलचित्रमा संगित विकास चौधरीको रहेको छ ।

द्वन्द राजु किराती र नृत्य निर्देशक दिनेस पाख्रिन र ज्ञानु सुब्बाले गर्ने छन् ।चलचित्र व्यावसायिक रहेको लिङदेनको भनाई छ । अहिलेको नेपाली समाजमा भईरहेका विकृती र विसंगती बिरुद्वमा तयार पारिएको चलचित्र एक्सन प्रदान हुने जानकारी दिएको छ । यस अघी बनेको क्यारेङग्याङ चलचित्र सुपरहिट बने पछी खतरनाक क्यारेङग्याङ चलचित्र बन्न लागेको हो ।

चलचित्रमा कलाकार गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी ,रमा लिम्बु, सन्तु मगर, बिश्व मुखिया, जिवन लिम्बु, गजेन्द्र तामाङ , भिष्म ओली, रबिना प्रधान, पुष्प बराल आदीको अभिनय रहने छ । साथमा उदय सुब्बालाई विषेस भुमिकामा देख्न पाईने छ ।

आधुनिक प्रविधीका सबै उपकरण प्रयोग गरी निर्माण गरीने चलचित्रमा करीब ६० लाख रुपैया खर्च हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन मन्त्रीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here