वीरता लेडी जेसीजद्वारा उद्धघोषण तालिम

८ माघ २०७७, बिहीबार मा प्रकाशित

झापा ।

वीरता लेडी जेसीज बिर्तामोडले एक दिवसीय उद्धघोषण तालिम सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध महिला सहित ४० जना सहभागी रहेका थिए ।

बीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको तालिमको उद्घाटन संस्थापक तथा कार्यक्रमकी प्रमुख अतिथि शारदा रिजालले गरेकी थिइन् ।

पत्रकार तथा साहित्यकार लीला अनमोलले सहजीकरण गरेको तालिममा आश्था वाचन स्मृति रिमाल ‘घिमिरे’ले गरेकी थिइन् । तालिम संयोजक सेलिसा उप्रेतीले स्वागत गरेको कार्यक्रममा जेसीआई मिसन भिजन, नेपाल जेसीज र शाखा प्रकरण रेणुका महत्तोले वाचन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन झापाकी सभापति इन्दू पूर्वेली, पूर्व अध्यक्ष उर्मिला खरेल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here