वीरता लेडी जेसीजद्धारा झण्डोत्तलन

८ माघ २०७७, बिहीबार मा प्रकाशित

झापा ।


वीरता लेडी जेसीजको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच झण्डोत्तलन गरिएको छ ।

कार्यालयमा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गर्ने जेसीजको मान्यता अनुसार संस्थाको कार्यालयमा राष्टिय झण्डा र जेसीज झण्डा झण्डोत्तलन गरिएको हो ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले झण्डोत्तलन गर्नुभएको थियो ।

संस्थाका पूर्व अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव हिमा मिश्र पौड्यालले र संयोजन रोजिना पाण्डेले गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here