सेञ्चुरी कमर्सियल बैंकको कमल गाउँपालिकामा शाखा रहित सेवा कार्यालय उद्घाटन

८ माघ २०७७, बिहीबार मा प्रकाशित

केर्खा,

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आजदेखि शाखारहित सेवा सञ्चालन गरेको छ । कमल गाउँपालिकाको वडा नं २ क्याम्पा बजारमा स्थापना भएको कार्यालयको उद्घाटन गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गर्नुभएको छ ।

गाउँपालिकाको मुख्य केन्द्रको रुपमा रहेको क्याम्पा बजारमा स्थाना भएको बैंकको कार्यालय मार्फत छिमेकी शिबसताक्षी नगरपालिकाको वडा नं १, २ र ३ सहित गौरादह र बैगुनधुराका सेवाग्राहीहरुले सेवा लिने छन् । गाउँपालिकाभित्र हालः एनएमबि बैंक र कामना सेवा विकास बैंकले शाखा कार्यालय स्थापना गरेर सेवा सञ्चालन गरिरहेको छ ।

सेञ्चुरी कमर्सियल बैक दमक शाखा प्रमुख सुमन कुमार राईका अनुसार कमल गाउँपालिकासहित छिमेकी पालिकाहरुको ग्रामिण क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीहरुलाई लक्षित गरेर शाखा रहित सेवा कार्यालय स्थापना गरिएको हो ।

उद्घाटन कार्याक्रममा बैंकका प्रदेश १ प्रमुख दिपक कुमार पौडेलका अनुसर बैकको ३२ वाटा शाखा रहित सेवा, अधिराज्यभर १२० वटा शाखा रहेको बताउनुभयो । वहाँले बैंकको ८.५ अर्ब पुँजी ७० अर्बको कर्जा र ७८ अर्बको रहेको नेपालको कन्छो कमर्सियल बैक रहेकोले सर्बसधरणलाइ ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो ।

त्यसैगरि, सो कार्यक्रममा वाड नम्बर २ का अध्यक्ष ताराप्रसाद न्यौपानेले बिकाश निर्माणको काममा उपभोक्ताहरुको खाता खोल्न साथै सामाजिक सुरक्षा भत्ता बितरण गर्न समेत सहज हुने भएकोले क्याम्पा बासिले बैकलाई टिकाइ राख्न महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो ।

क्याम्पास्थित बैंकको कार्यालयबाट खाता खोल्न, रकम जम्म गर्न, रकम झिक्न, रकम पठाउन र कर्जा लिन समेत सकिने दमक शाखा प्रमुख राईले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here