अर्जुनधारा र बुद्धशान्तिका औषधि व्यवसायी संगठित

0
762

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाका अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका औषधि व्यवसायी संगठित भएका छन् ।

नेपाल औषधि व्यसायी संघ जिल्ला शाखा झापाको आयोजनामा शनिश्चरेमा भएको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा प्रह्लाद ढुङगानाको संयोजकत्वमा नेपाल औषधि व्यसायी संघ अर्जुनधारा –वुद्धशान्ति इकाइ समिति गठन गर्दै उनीहरु संगठित भएका हुन् ।

 

इकाइ समितिका सदस्यहरुमा भानुराज घिमिरे, बशन्त खनाल, योगेन कार्की, नीमा तामाङ रहेका छन् ।
नेपाल औषधि व्यसायी संघ जिल्ला शाखा झापाका अध्यक्ष गौतम गुप्ताको अध्यक्षता तथा नेपाल औषधि व्यसायी संघ साविक अंचल समितिका पूर्व अध्यक्ष सूर्यप्रसाद कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बुधबारे, अर्जुनधारा, खुदुनाबारी, जयपुर ,शनिश्चरे लगायतका क्षेत्रबाट सहभागि औषधि व्यवसायीहरुले औषधि व्यवसायलाई मर्यादित, पारदर्शिता, कानुनी प्रक्रिया जस्ता बिषयमा सुझाव दिएका थिए ।

प्रह्लाद ढुङगानाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन नेपाल औषधि व्यसायी संघ जिल्ला शाखा झापाका महासचिव जीवन खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here