संविधानले नदेखेको संसद विघटन र निर्वाचनको बाटो

९ माघ २०७७, शुक्रबार मा प्रकाशित
  • 607
  •  
  •  
  •  
  •  
  •  
    607
    Shares

संसद विघटनपछि संसद विघटनको निर्णय कानून र संविधान सम्मत नभएको भन्दै संसद पुनस्र्थापनाको लागि अहिले सर्वोच्चमा बहस भइरहेको छ । अहिले कानून व्यवसायी र सरकार बाहिर रहेका राजनीतिक दलहरु समेतले संसद विघटनको विरुद्धमा सडक आन्दोलन चलाइरहेका छन् । नेपाली कांग्रेस भने यसमा द्विविधा रहेको देखिन्छ कांग्रेसमा अहिले यो विघटन मुद्दामा दुई फरक विचार आइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा संसद विघटन असंवैधानिक भन्दै निर्वाचनमा जाने विचार व्यक्त गरिरहनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पुनस्र्थापनाको लागि सडक आन्दोलनमा जानुपर्ने आफ्नो अभिमत राखिरहनुभएको छ ।

संसद विघटन असंवैधानिक भनिरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचनमा जाने रणनीति कति सान्र्दभिक र उपयुक्त छ ? असंवैधानिक भनि सकेपछि त्यो सच्याउन सडक आन्दोलनमा जानु कि निर्वाचनमा जानु यो नेपाली कांग्रेसले सही निर्णय गर्ने बेला आएको छ । नेपालको राजनीतिक इतिहासमा पटक–पटक संसद विघटनले नेपाली राजनीतिमा धेरै अस्थिरता पैदा गरेको मात्र होइन, यसले प्रजातान्त्रिक व्यवस्थामा निराशाजनक वितृष्णा उत्पन्न गर्दै लोकतन्त्रको सफलतामा यसले प्रश्न खडा समेत गरेको अवस्था त छ ।

अर्कोतर्फ धेरै ठूलो धनराशि निर्वाचनमै खर्चिनुपर्ने अवस्थाले समेत देशको विकास र समृद्धीमा समेत प्रतिकूल अवस्था सृजना गरेको जगजाहेर छ । यस्तो परिस्थितिले आजित भएको हुँदा संविधान सभामा समेत यस्तो परिस्थितिको निराकरणका लागि बहस र छलफल भएर पुनः यस्तो अवस्था मुलुकले व्यहोर्नु नपरोस् भनेर नै संसद विघटन गर्ने अधिकारमा संकुचन संविधानमा व्यवस्था गरेको छ ।

अब यहाँनेर सबै राजनीतिक दलहरुले बुझ्नुपर्ने कुरा यो छ कि पाँच वर्षमा दुईवटा निर्वाचन थेग्न मुलुकले नसक्ने कारणले नै संविधान सभाबाट छलफल र बहस भई आएको संविधानको मूल भावना र आदर्शबाट अहिले राजनीतिक दल विमुख हुन पाउँछन् त ? तिनै राजनीतिक दलले त्यो भावना र विचारबाट ल्याएको संविधान अहिले आफै त्यसको विरुद्धमा जान मिल्छ त ?

यो कुरा विशेष गरेर म नेपाली कांग्रेसलाई भन्न चाहन्छु किन भने संविधान नेपाली कांग्रेसकै नेतृत्वमा प्रधानमन्त्री शुशिल कोइरालाले ल्याएका हुन् । अहिले नेपाली कांग्रेसको निर्वाचनमा जाने रणनीति संविधानतः कति सही निर्णय हुन्छ । संविधानले पटक–पटक संसद विघटन गरेर निर्वाचनामा जाने भावना र मर्म विपरीत अहिलेको संविधानले रोकेको छ र यस्तो अवस्थामा कांग्रेस निर्वाचनमा जाने निर्णय गर्न हुन्छ कि हुँदैन यसमा कांग्रेसले विचार पु¥याउन नसकेको देखिन्छ ।

अर्को कुरा प्रधानमन्त्रीले मलाई काम गर्न नदिएको आफ्नै पार्टीका साथीहरुको असहयोग भएको भन्दै बाध्यात्मक अवस्थामा संसद विघटन गर्नु परेको विचार व्यक्त गरिरहेको देखिन्छ यो प्रधानमन्त्रीको बाध्यात्मक कदम नभएर आफ्नो व्यक्तिगत रक्षात्मक कदम हो । आफ्नो कुर्सीको रक्षामा चलाइएको यो संसदको विघटनले मुलुक अत्यन्त संवेदनशील मोड़मा पुगेको छ । प्रधानमन्त्रीको यो कदमले सबैभन्दा प्रहार संविधान माथि भएको छ भने अर्कोतर्फ सर्वोच्च अदालतको गरिमा र मर्यादा माथि पनि आँच पु¥याउने काम गरिरहनुभएको छ । प्रधानमन्त्रीले संसद पुनस्र्थापना हँुदैन भन्न मिल्छ कि मिल्दैन सरकार प्रमुखबाट नै यस्तो अभिव्यक्ति आउनुले संविधानको र अदालतको गरिमा र मर्यादा कति चिन्तित देखिँदैन कि ? सरकार अदालतमा विचाराधीन मुद्दामा मौन रहनु नै श्रेयकर होइन र ?

संसद विघटनको मुद्दा सार्वजनिक सरोकारको विषय हो र अझ राजनीतिक दल र नागरिक समाजको सरोकारको विषय हो । यसमा सबैले आफ्नो धारण राखेर अदालतलाई ध्यानाकर्षण गराउन पाइन्छ । तर, सरकाले पाउँदैन कि ? जस्तो पूर्व प्रधानान्याधीशहरुको पनि यसरी नै ध्यान आकर्षणको लागि आएको विचार हो । अदालतले कुनै निर्णय गर्नु पूर्व यस्तो विचार र कानूनसम्मत कुराहरु बाहिर आइरहँदा विचाराधीन मुद्दामा निर्णय गर्न पनि सहज र सहयोग नै पुक्छ जस्तो लाग्छ होइन र ?

नेपाली कांग्रेस र संसद विघटन अब के गर्ने ?

संविधानले संसद विघटन गरेर निर्वाचनमा जाने सहमति दिएकै छैन । संविधान सभा सदस्यहरु र संविधान निर्माणमा रहनुभएका तत्कालीन सदस्यहरुबाट विगतको अनुभव र प्रयोगको गलत अभ्यासले गर्दा यस्तो व्यवस्था जुन अहिले प्रधानमन्त्रीले गरेका छन् । त्यसलाई रोकेको छ ।

कांग्रेसले कानूनी राज्यको अवधारणा मान्छ र कांग्रेसको धर्म संविधानको रक्षा गर्दै प्रजातन्त्र र नागरिक हक अधिकारलाई संविधानतः अक्षुण राख्नु उसको पहिलो धर्म हो ।

यहाँनेर कांग्रेसले के बुझ्नुपर्छ भने संविधानमा नभएको व्यवस्थापन प्रयोग गर्दै आफ्नो बाध्यात्मक भन्दै रक्षात्मकमा उत्रिएका प्रधानमन्त्रीको कदम संविधानतः छैन भन्दै असंवैधानिक कदम भनेर भनिरहँदा संविधानको रक्षामा कांग्रेस सडकमा जानुपर्नेमा संसद विघटन गरेर निर्वाचनको मिति तोकेको सरकारी निर्णयमा कांग्रेस उभिँदै निर्वाचन भन्नु कति जायज । र, संविधानतः त्यो कदम कांग्रेसको लागि उचित र उपयुक्त किन छैन भने आज संविधानमा प्रहार भएको छ र त्यसको रक्षामा उभिनु नेपाली कांग्रेसको पहिलो धर्म हो । र, कांग्रेसका लागि संसद पुनस्र्थापनाका लागि सडक संघर्ष नै सही निर्णय हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here