लागूऔषधसहित तीन जना पक्राउ

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

झापा ।


झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र एम्पुल सहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम लागूऔषध ब्राउनसुगर सहित दमक नगरपालिका– ८ बाट पक्राउ गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here