तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको बिर्तामोडमा सेड्स डान्स एण्ड फिटनेस स्टुडियो सञ्चालनमा आएको छ ।
वलिविट्स फिटनेसका नेपालका प्रशिक्षक सरोज दुलालले तीन लाख रुपैयाँको लागतमा बिर्तामोडको हिकोला रोडको षोडसी भवनमा सेड्स डान्स एण्ड फिटनेश स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
विगत सात वर्षदेखि भारतको वेङलोरमा फिटनेस सिकाउँदै आएका दुलाल वलिविट्स फिटनेसका नेपालका प्रशिक्षक समेत हुन् ।
आफूले वेङलोरमा सयौंलाई फिटनेस सिकाउँदै आएपनि अव आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्धेश्यले नेपाल फर्किएर बिर्तामोडको हिकोला रोडको षोडसी भवनमा सेड्स डान्स एण्ड फिटनेस स्टुडियो सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
सेड्स डान्स एण्ड फिटनेस स्टुडियोको उद्घाटन ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना लाफाले गरेका थिए । सेड्स डान्स एण्ड फिटनेस स्टुडियोमा नृत्य, जुम्वा, वलिविट्स , एरोविक, फिटनेसलगायत सिकाइने सञ्चालक दुलालले बताए ।