नेपाल औषधि व्यवसायी संघको पालिका स्तरीय इकाई समिति: अध्यक्षमा प्रल्हाद राम ढुङ्गाना

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड,

नेपाल औषधि व्यवसायी संघ झापाले स्थानीय तहमा औषधि व्यवसायीहरुको इकाई समिति गठन गर्न शुरु गरेको छ ।
संघका पूर्व मेची अञ्चल संयोजक सूर्य प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच अर्जुनधारा र वुद्धशान्ति गाउँपालिकालाई समेटेर प्रल्हाद राम ढुङ्गानाको संयोजकत्वमा औषधि व्यवसायी संघ गठन भएको हो । गठित समितिमा भानुराज घिमिरे, वशन्त खनाल, योगेन कार्की, निमा तामाङ रहेका छन् ।


संघका जिल्ला अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम महासचिव जीवन कुमार खड्काले सञ्चालन गरेका थिए । सो अवसरमा जिल्लामा देखिएको औषधि व्यवसायीका समस्याहरु र निराकरणका उपायको विषयमा समेत छलफल भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here