दुर्घटना बढेपछि नयाँ ‘एक्सन’मा ट्राफिक प्रहरी: सवारी चालकलाई सडकमै प्रशिक्षण

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड, 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि थप रणनीति अपनाएको छ । पुस र माघ महिनामा मात्रै भएका सवारी दुर्घटनामा परी झण्डै २४ जनाले ज्यान गुमाएपछि चालकलाई प्रशिक्षण दिन शुरु गरेको हो ।
विशेषगरी चालकले सावधानी नअपनाउादा सवारी दुर्घटना हुने गरेको भन्दै पहिलो चरणमा अटो चालकलाई सुरक्षित रुपमा सवारी सञ्चालनको जानकारी सहित प्रशिक्षण दिन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


ट्राफिक प्रहरीले सबैलाई सडक अनुसाशन पालना गर्न र गराउन अनुरोध गर्दै बिर्तामोडस्थित नयाँ वसपार्कमा चालक र मजदुरलाई सडककै प्रशिक्षण दिएको छ । झण्डै ८० जना भन्दा बढी मजदुर र चालकलाई प्रशिक्षण दिइएको सचेतना मुलक प्रशिक्षणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा टेम्पो, अटो प्रालिका चालक, मजदुर, सहभागी थिए ।


ट्राफिक प्रहरीले झापाका सबै मातहतका युनिटबाट दुर्घटना न्यूनीकरणका लागि नयाँ ‘एक्सन’मा काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here