सवारी दुर्घटना तीन जनाको मृत्यु

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

बिराटनगर ।

प्रदेश १ का मोरङ, सुनसरी र उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

उता उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २–०१ ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यता सुनसरीको कोशी गाउँपालिका–२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका–११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here