माई नगरपालिकाको नीति तथा कार्यक्रम पारित

९ माघ २०७७, शुक्रबार मा प्रकाशित
  • 62
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

इलाम,  माई नगरपालिकाको आठौै नगर सभा शुक्रबार सम्पन्न भएकोे छ । माई नगरपालिका वडा नम्बर २ स्थित रेडक्रस भवनमा /सम्पन्न नगरसभा संंशोधित नीति तथा कार्यक्रम सहित पारित गरिएको छ ।

मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७७÷०७८ का लागि संसोधित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवाले सभाको सञ्चालन गर्नुभएको सातौै नगरसभाबाट पारित योजना तथा कार्यक्रमलाई संसोधित कार्यक्रम सहित पारित गरिएको जनाईएको छ ।

वडा नम्बर १ देखि वडा नम्बर १० सम्मको सातौ नगर सभाबाट बिन्योजित रकम थपघट गर्न,संसोधन गर्न, नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न, केही रकम झिक्न र प्रदेश तथा संंघिय सरकार समक्ष योजना संचालनको लागि योजना तथा कार्यक्रमका सुची समेत तयार गरेको छ । नगरसभा संचालन कार्यबिधि २०७४ को दफ २७ बमोजिम स्थानीय विकास घुम्ति कोषमा बिन्योजित भएको रकम मध्ये ७० लाख रकमलाई रकमान्तर गरी कन्काई माबिको बहुतले भवन निर्माण योजनामा बिन्योजन गरिएको छ ।

त्यस्तै ३० लाख शित भण्डार भवन निर्माण, ८० लाख प्रशासकिय भवन ९सेमीनार भवन० निर्माण, १० लाख शितली सार्बजनिक शौचालय निर्माण, ५ लाख नगरपालिका कम्पाउण्ड निर्माण, ३० लाख भुमी ब्यबस्थापन शिर्षकमा, ३० लाख प्रकोप ब्यवस्थापन कोषमा, २० लाख मर्मत संहार कोेषमा र १० लाख रकम नगर अस्पताल व्यवस्थापन कोषमा बिन्योजन गरिएको छ ।

नगरसभाबाट सातौै नगरसभा देखि आठौ नगरसभा सम्मका कार्यपालिकाले गरेका सबै निर्णयहरु अनुमोदन समेत गरेको थियो । सभामा नगर सदस्यहरु केशब राई, बिर्ख राई, भुपेन्द्र पुर्बछाने, सुर्य प्रसाद दुलाल, अर्जुन अधिकारी लगायतले कार्यक्रम संसोधन प्रस्ताब पेश गर्नुभएको थियो ।

सभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयक २०७७ र नबिकरणिय उर्जा नीति २०७७ समेत पारित भएको जनाईएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here