तारा नमस्ते बाल आश्रमलाई सहयोग

९ माघ २०७७, शुक्रबार मा प्रकाशित

झापा,बिर्तामोड नगरपालिका–४मा रहेको तारा नमस्ते बालआश्रमलाई प्रहरीले सहयोग गरेको छ ।
आश्रममा रहेका २० जना बालबालिकालाई सशस्त्र प्रहरी बल नं. २ हेड क्वाटर झापाले सहयोग गरेको हो । गणका
सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेसहितको सशस्त्र प्रहरीको टोलीले आश्रममै पुगेर खाद्यान्न र २० थान व्ल्याङ्केट
वितरण गरेको हो ।


नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा व्ल्याङक्ेट वितरण गरिएको बताइएको छ । आश्रममा रहेका बालबालिकालाई
चामल, दाल, चिनी, चियापत्ती, साबुन, सेनिटाइजर लगायतको सामग्री प्रदान गरिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here