वासिङटन,

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेशनल गार्डहरुसँग माफी मागेका छन्।
उनको शवथ ग्रहण कार्यक्रमको सुरक्षाका लागि भन्दै वासिङटन डिसीमा २५ हजारभन्दा बढी नेशनल गार्ड ट्रुप परिचालन गरिएको थियो। शपथ ग्रहण समारोह आयोजना गरिएको क्यापिटलमा गार्डहरु कार पार्किङमा निदाइरहेको तस्विर सार्वजनिक भएपछि बाइडेनले क्षमा मागेका हुन्।
शपथग्रहणपछि गार्डहरु त्यहाँ निदाइरहेका थिए। ती तस्विरहरु सार्वजनिक भएपछि बाइडेनका साथै प्रशासनको आलोचना भएको थियो। त्यसपछि बाइडेनले नेशनल गार्ड ब्युरोका प्रमुखलाई फोन गरेर माफी मागे र गार्डहरुको सुविधाका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरे।
फस्ट लेडी जिल बाइडेनले समेत केही ट्रुपहरु कहाँ गएर उनीहरुलाई धन्यवाद व्यक्त गरिन्।































