सुतेका हिजो आठ बज्दा नबज्दा
पुगी निंद बाह्रै बजे ब्युँझिएका
थियो मध्य रात्रि र एकान्त शान्त
ग¥र्यौं के र हो यो मनै भो भरङ्ग ।
न ठेगानमा छन् यी सिरानी र बस्त्र
न ठेगानमा बुद्धि होस् क्यै विवेक
न कानून मान्यौं न ता संविधान
न सल्लाह साँचो भयौं बेइमान ।
फुट्यौं फेरि जुट्नै नसक्ने भएर
सुत्यौं फेरि उठ्नै नसक्ने भएर
भयौ एक आपस्त बैरी स्वयम् नै
र वाक् युद्धमा नारियौं बिस्तरामै ।
उज्यालो भई बास्न थालेछ भाले
छिछी थुक्क भन्दै सबै थुक्न थाले
उठौं भो भनी गर्दछौं यत्न किन्तु
उठीसक्नु नै छैन के गर्न उठ्नु ?
सबैले बुझे चाल पाए सबैले
सबैले चिने थुक्न थाले सबैले
गर्यौं बेइमानी भयौं शर्महारा
डुबायौं सबै मान सम्मान सारा ।
जनाकांक्षलाई लत्यायौं, बिथोल्यौं
छिमेकी भनेनौं पराया चिनेनौं
र जाहानलाई कहिल्यै गनेनौं
भयो हाल बेहाल यस्तै छ चाल ।
उठौैं भो पियारी सबै यो सम्हाल
पचाई सबै लाज ऐले उठेर
भनौं सुप्रभातम् सबैमा नुहेर ।
विष्णुकुमार भट्टराई
शनिश्चरे, झापा