झापा,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर नै झण्डोत्तलन तथा चुनाव चिन्ह अनावर गरेको छ ।
राप्रपा भित्रका भिन्ना भिन्दै पार्टीबीच एकीकरण पछि बनेको हलो चिन्ह्रको अनावरण गर्दै देश भरका स्थानीय तहमा झण्डोत्तोलन सम्मन गरेको हो । यसै क्रममा झापाका १५ वटै स्थानीय तहमा पनि राप्रपाले एकै पटक झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गरेको छ । 
राप्रपा बिर्तामोड नगरसमितिले राप्रपाका केन्द्रीय नेता राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गरेको छ ।
पार्टीका बिर्तामोड नगरअध्यक्ष शंकर प्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नगर उपाध्यक्ष जगतवहादुर वस्नतेले स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष टिकादेवी राय, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका जिल्ला अध्यक्ष गोपाल गजमेर, जिल्ला सदस्य दिपक मास्के, जिल्ला सहसचिव रञ्जु वराल, पार्टीका वुद्धिजीवी समाजका दुर्गा उप्रेती, युवक स.गठनका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पार्टीका सहसचिव हेमराज खनालले गरेका थिए ।


























