तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताले आफूले सिकेको सिप व्यवहारमा उर्तान सहभागिलाई आग्रह गरेका छन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले आयोजना गरेको फेशन डिजाइन तथा कोट कटिङ तालिम समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाका अध्यक्ष दिलिप सुन्दासको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाक्ष्यक्ष रमेश शिवाले स्वागत गरेका थिए ।
गत पुस २२ गतेदेखि झापाको बिर्तामोड, कनकाई, मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा भएको तालिमको समापन कार्यक्रम बिर्तामोडमा गरिएको थियो ।
तालिममा तीन सय जना प्रशिक्षार्थी सहभागि थिए । उनीहरुलाई कोट कटिङ सम्वन्धी राष्ट्रिय प्रशिक्षक मिलन नेपालीले प्रशिक्षण दिएका थिए भने फेशन डिजाइन सम्वन्धी शारदा श्रेष्ठ, संगिता गौतम र यामुना रोकायाले प्रशिक्षण दिएका थिए ।
तालिम समापन कार्यक्रममा सहभागी तीन सय जनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने पुराना व्यवसायी शहीदुल हक अन्सारी र रुपनारायण वर्देवालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य हरि नेपाली, प्रशिक्षक मिलन नेपाली, मानार्थ सदस्य भोला परियार, ज्ञानु श्रेष्ठ, भगत परियार, रोषन नेपाली, तारा अधिकारी, आशिष वर्देवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाका सचिव महेन्द्र दासले गरेका थिए ।































