तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको विर्तामोडमा एकैदिन तीनवटा कृतिको लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघ झापाको आयोजनामा विर्तामोडमा शनिबार भएको कार्यक्रममा साहित्यकारहरु राजेन्द्र संग्रौलाको उपन्यास सङ्क्रमण रोग ,भोक र लोभको, यज्ञराज प्रसाईंको कथा संग्रह अवचेतनभित्रको एउटा पात्र र प्रेमप्रसाद भट्टराईको आत्मसंस्मरणात्मक निवन्धहरु बोझे इन्सपेक्टरको लोकार्पण गरिएको हो ।
प्रगतिशील लेखक संघ झापाका अध्यक्ष समेत रहेका संग्रौलाको सातौं कृतिको रुपमा उपन्यास सङ्क्रमण रोग ,भोक र लोभको लोकार्पण गरिएको हो ।
प्रगतिशील लेखक संघ झापाका उपाध्यक्ष आरती पोखरेलको अध्यक्षता तथा डा.देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसचिव विन्दु दाहालले स्वागत गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु कमल गुरागाईं, चुडामणि वशिष्ठ, चन्द्र भण्डारी, देवी संग्रौला, हरिनारायण भट्टराई, पुण्य खरेल, मायामितु न्यौपानेलगायतले तीनवटै कृतिको समिक्षा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु देवी पन्थी, सरोज ओली, पुण्यप्रसाद खरेल , सुमित्रा वाङ्देल चेली , रुद्र – गौरी – श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, बिर्तामोड –२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए भने साहित्कार तथा लेखक यज्ञराज प्रसाईंले कृति कथासंग्रह अवचेतनभित्रको एउटा पात्रको वारेमा बताएका थिए ।
कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ झापाका सचिव लिलाप्रसाद अधिकारीले गरेका थिए ।