उपसम्पादक निरौला र फोटो पत्रकार पाण्डे सम्मानित

0
552

बिर्तामोड , माघ १० ।

पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज अवार्ड पुरस्कारबाट सम्मानित भएका छन् ।

वीरता जेसीजका मानार्थ सदस्य बशन्त रिमालले आफ्नी आमा दमयन्ता रिमालको स्मृतिमा स्थापना गरेको दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज अवार्ड पुरस्कार वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई प्रदान गरिएको हो ।

पाँच हजार एक सय रुपैयाँको उक्त पुरस्कार र सम्मान पत्र पुरस्कारका संस्थापक बशन्त रिमाल , झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले उपसम्पादक निरौलालाई प्रदान गरेका थिए ।

गतवर्षको सोही पुरस्कार कानुनी सल्लाहकार कुशल खतिवडालाई प्रदान गरिएको थियो । खतिवडाले उक्त पुरस्कारको रकम शंकराचार्य पीठ साधुटारका वटुकहरुलाई प्रदान गरेका थिए ।

सोही कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ पूर्वाञ्चल दैनिकका फोटो पत्रकार तथा आमसञ्चार डटकमका समाचार प्रमुख कमल पाण्डे विनोदलाई प्रदान गरिएको थियो । पुरस्कारका संस्थापक सावित्रा ढकाल , झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले फोटो पत्रकार पाण्डेलाई नगद १५ हजार र सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीलाई दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार प्रदान गरिएको थियो । १५ हजार रुपैयाँ र सम्मान पत्र पुरस्कार संस्थापक रेखा शर्मा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले शिवाकोटीलाई प्रदान गरेका थिए ।

त्यस्तै कोभिडको समयमा स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै मेची प्रादेशिक अस्पताल भद्रपुरका वरिष्ठ जनरल फिजिसियन डा. गोविन्द कँडेल, पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलका बिर्तामोडका पब्लिक रिलेसन अफिसर बमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले उत्कृष्ट जेसीज अवार्ड दिवाकरलाल चौधरीलाई र वेष्ट एक्टीभ अवार्ड लोकचन्द्र श्रेष्ठ(एलसी) लाई प्रदान गरेका थिए भने विकास वस्नेत, दिवाकर प्रसाई, अनन्तलाल महतो, सञ्जीव घिमिरे, रोहित प्रसाईं, घनश्याम चौधरी, प्रभात मास्के, जनक खड्का, टिकाराम खतिवडा, आशिष वन, प्रविण खड्कालाई जेसीज अफ द मन्थको अवार्ड प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here