तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले अपाङ्गता भएका २० जनालाई न्यानो कपडा वितरण गरेको छ ।

जाडोको समयमा एकसरो कपडाको भरमा कष्टकर जीवन विताउँदै आएका अपाङ्गता भएकालाई जाडोमा न्यानो कपडा प्रदान गरिएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले बताए ।
रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन , इन्ट्रयाक्ट क्लव अफ देवभूमीको सहकार्यमा बिर्तामोड –४ मा रहेको बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थामा आवद्ध अपाङ्गता भएका २० जनालाई न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए ।

बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका अध्यक्ष दिलिप थापाको अध्यक्षता तथा गोमेन्द्र महाविद्यालयका संस्थापक गणेशप्रसाद खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट भण्डारी, चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेन्ट शुभकुमाई पाठक, भाइस प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेल , सेक्रेटरी शिद्धार्थ नविन उप्रेती, टीआरएफ चियर जगत शर्मा, मेम्वरसीप चियर शिजर राजभण्डारी, रोटरी क्लव अफ मेचीनगरका प्रेसिडेन्ट कपिल क्षेत्री, मेम्वर शर्मिला पाठक, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने, सेक्रेटरी सञ्जय अग्रवाल, जोइन्ट सेक्रेटरी श्रद्धा प्रसाई,मेम्वर अर्चना अधिकारी लगायतले न्यानो कपडा वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मिडिया पर्सन तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका अध्यक्ष दिलिप थापाले जाडोको समयमा कष्टकर जीवन विताउँदै आएका अपाङ्गता भएकालाई न्यानो कपडा प्रदान गरेर ठूलो गुन लगाएको बताए ।
सोही कार्यक्रममा गोमेन्द्र महाविद्यालयका संस्थापक गणेशप्रसाद खनालले १० जना दृष्टिविहीन विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका हरिप्रसाद अधिकारीले गरेका थिए ।































