दमकमा पौडेल वंश महासंघको जिल्ला भेला, जिल्ला समिति गठन

0
705

दमक ।

आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला शनिबार दमकमा सम्पन्न भएको छ ।

बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरिएको हो । दमक ७ स्थित पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ ।

त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ । सदस्यहरुमा सुकदेव, शिव, काजिमान, गोपाल र गोविन्द प्रसाद पौडेल चयन भएका छन । महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुने गरी विस्तार गरिने जनाइएको छ ।

महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए । कार्यक्रमको उद्धेश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए भने सो भेलामा प्रमुख अतिथी लोकनाथसहित महासंघकी केन्द्रिय उपाध्यक्ष बालिका पौडेल र केन्द्रिय सदस्य कमल प्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेका महासंघका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here