कोरोना भाइरसः खोप के हो ?

0
586

झापा ।

कोभिड–१९को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम शुरु भएको छ । सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र सूचनाले त्यस्ता वास्तविकता ठम्याउन सहयोग गर्छन् ।

खोप के हो ?

खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ । यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्वको पहिचान गर्न सघाउँछ ।

यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन्। अस्थायी खालको ज्वरो र दुखाइको महसुस हुनसक्छ । त्यसपछि तपाईँको शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमताको विकास हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले त्यसैले खोप निकै शक्तिशाली हुने बताएको छ । किनकि त्यसले बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिहरूभन्दा खोपले धेरै जीवन बचाउँछ ।

खोप सुरक्षित छ ?

प्रारम्भिक चरणमा १० औँ शताब्दीमा चिनियाँले खोपको अवधारणा पत्ता लगाएका थिए । तर त्यो सन् १७९६ मा एडवार्ड जेनेरले तुलनात्मक रूपमा सामान्य काउपोक्सको सङ्क्रमणले बिफरबाट जोगाउने कुराको भेउ नपाउँदासम्म सम्भव भएन ।

दुई वर्षपछि उनले आफ्नो अवधारणाको परीक्षण गरे र तथ्याङ्क प्रकाशित गरे। गाई जनाउने ल्याटीन शब्द भेक्का शब्दबाट विश्वभरि भ्याक्सिन भनी खोपको नामकरण भयो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार २० वटा रोगहरूबाट जोगाउन र बर्सेनि २० देखि ३० लाख मानिसको मृत्यु रोक्न खोपलाई आधुनिक विश्वको एउटा महान् उपलब्धिको रूपमा लिइयो। सीडीसीले भनेको छ, बजारमा पठाउनुअघि खोपहरूको व्यापक रूपमा परीक्षण गरिन्छ ।

मानिसहरूमा क्लिनिकल परीक्षण गर्नुअघि त्यसको ल्याब र जनावरमा परीक्षण गरिन्छ। जोखिमहरू पनि हुन्छन् तर सबै औषधिहरू जस्तै जोखिमको तुलनामा खोपको लाभको निकै धेरै हुन्छ । उदाहरणका लागि बाल्यकालको रोग करिब एक पुस्ता अघिसम्म आम रूपमा थियो जुन खोपकै कारण निकै कम हुँदै गएको छ ।

र, करोडौँ मानिसको ज्यान लिएको बिफर अहिले पूर्ण रूपमा निर्मूल भइसकेको छ । तर, सफलता प्राप्त गर्न दशकौँ लाग्छ । विश्वव्यापी खोप अभियान शुरु भएको करिब ३० वर्षपछि अफ्रिकाले गत अगस्ट महिनामा मात्र पोलियोमुक्त घोषणा ग¥यो । विज्ञहरूले चेतावनी दिएका छन् कि हामी सामान्य अवस्थामा पुग्ने गरी कोभिड–१९विरुद्ध विश्वभरिको जनसंख्यालाई खोप दिन महिनौँ वा सम्भवतः केही वर्ष लाग्न सक्छ ।

खोप कसरी बनाइयो ?

व्याक्टेरिया, भाइरस, प्यारासाइट वा फङ्गसजस्ता रोगका कारक शरीरभित्र प्रवेश गरेपछि शरीरले त्योसँग लड्न एन्टीबडी उत्पादन गर्न थाल्छ ।

परम्परागत खोपले दैनिक क्रियाकलापमा किटाणुहरूसँग लड्नुअघि एन्टीजेनको कमजोर वा निष्क्रिय अंश मानिसको शरीरमा उत्पादन गरेर सहयोग गर्छ । त्यसले प्रतिरक्षा प्रणालीलाई वास्तविक किटाणुसँग लडेको जस्तो कार्य गर्न प्रेरित गर्छ । तर, कतिपय कोरोनाभाइरस खोप बनाउन नयाँ तरिका अपनाइएका छन् ।

कोभिड खोपको तुलना

फाइजर–बायोएनटेक र मोडेर्ना दुवै भाइरसको आनुवंशिक सङ्केतको रूपमा प्रयोग हुने म्यासेन्जर आरएनए (एम–आरएनए) खोप हुन् ।

कमजोर वा निष्क्रिय एन्टीजेनलाई प्रयोग गर्नुको बदला तीनले एन्टीबडी बनाउन आवश्यक पर्ने प्रतिरोधी क्षमता सक्रिय तुल्याउन कोभिड–१९को भाइरसको सतहमा भेटिने प्रोटिन तीव्र वृद्धि कसरी गर्ने भन्ने सिकाउँछ । अक्सफोर्ड–एस्ट्राजेनेका खोप फरक छ । यही खोप नेपालमा भारतको सहयोगले आइपुगेको हो ।

वैज्ञानिकहरूले चिम्पान्जीहरूलाई सङ्क्रमित गर्ने सामान्य रुघाको भाइरसलाई परिवर्तन र कोभिड–१९को अनुवांशिक सङ्केतका अंशलाई थप गरेका छन् । तीनवटै खोपले अमेरिका र ब्रिटेनमा प्रयोगको निम्ति अनुमति पाएका छन् । मेक्सिको, चिले र कोस्टारिकाले फाइजर भ्याक्सिन प्रयोगमा ल्याइसकेका छन् । ब्रजिल सरकारले अक्सफोर्ड र सिनोभ्याक खोपलाई अनुमति दिने सङ्केत दिएको छ ।

अरू खोप पनि छन् ?

बेइजिङस्थित सिनोभ्याकले विकास गरेको कोरोनाभ्याक खोप पनि चीन, सिंगापुर, मलेशिया, इण्डोनेसिया र फिलिपिन्समा लगाइँदै छ र त्यसमा मृत भाइरसको अंशको प्रयोगको परम्परागत विधि अपनाइएको छ ।

टर्की र इन्डोनेसियामा गरिएको पछिल्लो परीक्षणबाट प्राप्त अन्तरिम तथ्याङ्कलाई लिएर त्यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठाइएको छ । ब्रजिलमा अनुसन्धानकर्ताहरूले ५०.४ प्रतिशत मात्र प्रभावकारी देखिएको बताएका छन् ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एक्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र स्थानीय भारत बायोटेकको कोभ्याक्सिन खोप लगाउन थालिएको छ । रुसले भाइरसको परिवर्तित संस्करण प्रयोग गरिएको आफ्नै खोप स्पुतनिक भी प्रयोग गरिरहेको छ ।

के सबैलाई खोप चाहिन्छ ?

खोप सबैतिर अनिवार्य गरिएको छैन। तर मेडिकल कारणले गर्दा लगाउन नहुने सानो संख्या बाहेक अधिकांशलाई लगाउन ठिक भनिएको छ । सीडीसीका अनुसार खोपले जसले लगाउँछ उसलाई कोभिड–१९ हुन दिन्न र त्यो व्यक्तिबाट सर्नबाट अरूलाई पनि जोगाउँछ ।

जसलाई उसले महामारी नियन्त्रणको महत्वपूर्ण साधन भनेको छ । डब्ल्यूएचओले ६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो पर्ने अनुमान गरेको छ । जसको अर्थ धेरै मानिसलाई त्यसको निम्ति प्रेरित गर्ने देखिन्छ ।

केही मानिसले कोभिड खोपको उत्पादनको गतिलाई लिएर चिन्ता व्यक्त गरेको पाइन्छ । सत्य पनि हो वैज्ञानिकहरूले खोपको परीक्षण र योजनामा वर्षौँ बिताउँछन् र विश्वव्यापी स्वार्थको निम्ति समाधान खोज्न कामलाई गति दिएका छन्। त्यसैका निम्ति डब्ल्यूएचओले वैज्ञानिक, व्यापारी र स्वास्थ्य सङ्गठनहरूसँग संयोजन गरिरहेको छ ।

संक्षेपमा अर्बौँ मानिसलाई खोप दिँदा कोभिड–१९को सङ्क्रमण रोक्छ र प्रतिरोध क्षमता विकास भएको अवस्था अर्थात् हर्ड इम्यूनिटीको बाटो खुला गर्छ। त्यसरी खोप दिइएपछि हामी छिट्टै सामान्य जनजीवनमा फर्किन सक्छौँ । वीवीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here