‘आफ्नैका कारण प्रतिनिधिसभा विघटन’

0
839

उमानाथ भण्डारी
कमल।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नै दलका नेताले सरकारलाई काम गर्न अवरोध गरेका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

झापाको कमल गाउँपालिका–५स्थित गुरागाँई प्रतिष्ठानको सभाहलमा अखिल नेपाल महिला संघ झापा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । सरकार काम गर्न खोज्छ, पार्टी रोक्छ, जसका कारण यो अवस्था अएको हो ।

यदि यस्तै अवस्था रहिरहेमा पाँच वर्षपछि चुनावमा जाँदा जनतालाई के भन्ने बरु अहिले वास्तविक कुरा लिएर जनताका सामु गए जनताको ताजा जनादेश लिएर काम गर्न अवसर प्राप्त हुने मन्त्री ढकालको भनाइ थियो ।

सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने भएकोले कार्यकर्तालाई चुनावमा लाग्न समेत मन्त्री ढकालले निर्देशन दिए । साथीहरुले सडकमा कालो झण्डा देखाउन थालेकोले उहाँहरुका दिन कालो हुन थालेका छन्, हामी उज्यालो चाहन्छौ, त्यसैले सूर्य चिन्ह आफ्नै हुन्छ मन्त्री ढकालले भने ।

नेतृ विन्दा पाण्डेले अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बेला आएको बताउँदै, महिला सम्बन्धी विधेयक ल्याए पनि आफ्नै दलका नेताका कारण प्रतिनिधिसभाबाट पारित हुन नसकेको बताइन् । अखिल नेपाल महिला संघ झापा जिल्ला उपाध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लीला ढुङ्गेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here