तुलसीप्रसाद निरौला, बिर्तामोड ।
क्षितिज संगीत साधना प्रतिष्ठान झापाका अध्यक्ष तथा सञ्चारकर्मी निरज पोखरेललाई पितृशोक परेको छ ।

पोखरेलका पिता भद्रपुर – १० चन्द्रगढी निवासी नगेन्द्रप्रसाद पोखरेलको ७३ बर्षको उमेरमा माघ ११ गते आइतबार स्वर्गारोहण भएको हो । स्व. पोखरेलका श्रीमती शारदादेवी पोखरेल ,एक जना छोरा , छ जना छोरी , १० जना नाती नातीनि रहेका छन् ।
उनका छोरा –बुहारीहरुमा निरज–निरु पोखरेल रहेका छन् भने छ जना छोरी –ज्वाईंहरुमा शकुन्तला –मनोरथ भट्टराई, सीता –खेम खतिवडा, सुजता –विष्णु लुईंटेल, रञ्जिता–अनिल बराल, लीला –राज दाहाल, एलिजा –लक्ष्मी पराजुली रहेका छन् ।
उनका छोरा निरज रेडियो विराटका प्राविधिक प्रमुख, जेनियस मिडिया बिर्तामोडको प्रबन्ध निर्देशक , बिबेक कार्की स्मृति प्रतिष्ठानका सचिव लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । स्व.पोखरेलको स्थानीय देउनिया घाटमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।































