बाल सुबोधिनीमा माध्यमिक तहको उद्घाटन

0
781

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा माध्यमिक तहको उद्घाटन भएको छ ।

आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा माध्यमिक तहको उद्घाटन गरेका थिए ।

विद्यालयकी शिक्षिका कमला कार्कीले आफ्ना दिवङ्गत ससुराबुवा विष्णुकुमार कार्की, सासूआमा होमकुमारी कार्की र पति रमेशकुमार कार्कीको स्मृतिमा निर्माण गरिदिएको विद्यालयको नाम अङ्कित स्तम्भबोर्डको अनावरण गरी माध्यमिक तहको उद्घाटन गरिएको थियो ।

कक्षा ८ सम्म सञ्चालन भइरहेको विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु भएपछि मेचीनगर १४ नं. वडाका विद्यार्थीहरु माध्यमिक तह अध्ययनका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा नगर परिषद् सदस्य लाल महमद मियाँ, कार्यपालिका सदस्य बिन्दा प्रसाईँ, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोख्रेल, विशिष्ट अतिथि उप्रेती र प्रमुख अतिथि आचार्यले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानाध्यापक विश्व थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here