आगलागीबाट ५० लाखको क्षति

0
356

बिर्तामोड ।

बिर्तामोडको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिव ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका–५ भद्रपुर रोड बस्ने उमाप्रसाद सिटौलाको घरको दोस्रो तल्लामा भद्रपुर–६ बस्ने विकास अग्रवालको इलेक्ट्रोनिक्स पसलमा शनिवार राति आगलागी भएको हो ।

विद्युत् सर्ट भई अचानक आगलागी हुँदा पसलभित्र रहेका वाल घडी, पंखा, इलेक्ट्रिक बललगायतका सामान पूर्णरुपमा जल्दा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीयबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बिहान ७ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here