तुलसीप्रसाद निरौला , बिर्तामोड ।
वीरता जेसीजको सन् २०२१ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ ।

वीरता जेसीजले बिर्तामोड –१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो ।
वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जीवन खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सचिवालय रहेको शिव पाञ्चायन मन्दिरको छतमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेका थिए । उनले जेसीज सदस्य संस्थाप्रति जिम्मेवार वन्न आग्रह गर्दै रचनात्मक कार्यमा अघि वढ्न सुझाव दिए ।

कार्यक्रममा वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको बताउँदै वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
सोही कार्यक्रममा वीरता जेसीजका सन् २०२० का अध्यक्ष मिजास पोखरेलले सन् २०२१ का अध्यक्ष राजिव धिमाललाई माइन्युट र साँचो हस्तान्तरण गर्दै वुझवुजारत गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका सन् २०२० का महासचिव विकास वस्नेत र सन् २०२१ का महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेका थिए ।































