भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा–६ लाई

१२ माघ २०७७, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

शहीद सप्ताह विशेष कार्यक्रम अन्र्तगत पुर्नजागरण युवा क्लबद्धारा आयोजित वडास्तरिय नकआउट भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा–६ले जितेको छ ।

बेष्ट अफ फाइभको आधारमा सञ्चालित प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा अर्जुनधारा–९लाई २५–२०, १७–२५, २५–११ र २५–२० सेटले अर्जुनधारा–६ले जितेको हो ।

जितसँगै अर्जुनधारा–६ले नगद पुरस्कार १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । यस्तै उपविजेता अर्जुनधारा–९ले नगद पुरस्कार १० हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको अनुशासित टिम अर्जुनधारा–७, उत्कृष्ट खेलाडी विजेता टिमका महेन्द्र गौली र उदीयमान खेलाडी उपविजेता टिमका कृष्ण खतिवडा घोषित भएका थिए । उनीहरुलाई क्रमश नगद पुरस्कार एक हजार एक सय, एक हजार एक सय र पाँच सय प्रदान गरिएको थियो ।

क्लबका अध्यक्ष सन्तोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सांसद् राजेन्द्र लिङदेन, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सन्तोष आचार्य, जग्गादाता गणेश खतिवडालगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

गत माघ १० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा आयोजक क्लबसहित नौ टिमको सहभागिता रहेको थियो । क्लबका सचिव दिनेश खतिवडाले स्वागत तथा सहसचिव दुर्गा रिमालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, नमूना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारी, स्थानीय समाजसेवी वसन्त रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रभात मिश्रले गरेका थिए ।

क्लबले सप्ताह विशेष कार्यक्रम अन्र्तगत आगामी माघ १७ गते नगरस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने सचिव खतिवडाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here