बिर्तामोड ।
चुडाल बन्धु कल्याण समितिको अध्यक्षमा गोपाल चुडाल चयन भएका छन् ।
संस्थाको १३आंै बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट चुडालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद चुडाल, उपाध्यक्षमा प्रेमप्रसाद चुडाल (प्रकाश), महासचिवमा भरतमणि चुडाल, सचिवमा देवरानायण चुडाल र कोषाध्यक्षमा रुद्रप्रसाद चुडाल सर्वसम्मत चयन भएको अध्यक्ष विष्णुप्रसाद चुडालले जानकारी दिए ।
सदस्यहरुमा कृष्णप्रसाद चुडाल, झुमा चुडाल, अनन्त चुडाल, नरेश चुडाल, युवराज चुडाल र दिपक चुडाल चयन भएको निर्वाचन समिति संयोजक चन्द्रप्रसाद चुडालले जानकारी दिए ।
चन्द्रप्रसाद चुडालको संयोजकत्वमा शान्ता चुडाल र गंगा चुडाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । बाँकी सदस्यहरु नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।