मगरलाई आइएमइले दियो आइपट

0
500

puDSC08851

राजगढ,माघ २५ । झापा राजगढ – ५ निवासी देवीमाया मगर शनिवार निक्कै खुसी देखिन्थिन । रातो वुट्टे  कुर्था र कालो पैन्ट लगाएर राजगढ  वजार स्थित समृद्धि मनी ट्रान्सफरमा आइपुगेकी उनी खुसी हुनुको कारण थियो आइएमईले सञ्चालन गरेको वम्पर उपहार योजना अन्र्तगतको उपहार हात पर्नु । उनले आइएमई मार्फत रकम निकाल्दा आइएमईको उपहार योजना अन्र्तगत आइपट प्राप्त गरिन् । मगरलाई सो आइपट आइएमईका मेची प्रमुख सोम नेम्वाङ तथा समृद्धि मनी ट्रान्सफर राजगढका संचालक  गोपालसिह राजवंशीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । आइपट हात पारेसंगै मगरले खुसी व्यक्त गर्दै भनिन्–‘मैले रकम निकाल्द यस्तो उपहार पर्ला जस्तो लागेकै थिएन् म त कति भाग्यमानी रहेछु ।’
समृद्धि मनी ट्रान्सफरका संचालक राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच प्रदान गरिएको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालय राजगढका प्रमुख वुद्धिमान लिम्वू, स्थानीय व्यवसायी गोपाल राजवंशी,पञ्चानन राजवंशी,दीपम श्रेष्ठ, कर्णाली वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हिरालाल  राजवंशी लगायतको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन खगेन्द्र ओझाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here