दुर्घटनाबाट दुई जना सहचालकको मृत्यु

१३ माघ २०७७, मंगलवार मा प्रकाशित

बिराटनगर।

सुनसरीको रामधुनी–७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ ।

कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सहचालक रामधुनी–६ का २० बर्षीय फुलकुमार सदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता संखुवासभा पाचखपन–३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन–६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here