झापामा लागूऔषध सहित दुई जना पक्राउ

१३ माघ २०७७, मंगलवार मा प्रकाशित
  • 426
  •  
  •  
  •  
  •  
  •  
    426
    Shares

झापा ।

झापाको शिवसताक्षी–११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा दमक–८ का २५ बर्षीय सतबहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार गरी आएका उनीहरुलाई सोमबारराती ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट डाईजेपाम–५८ एम्पुल, बुफ्रेनोर्फिन –५७ एम्पुल र प्रोमेथोजाईन–५८ एम्पुल लागूऔषध फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here