ओरियन्स कम्पनीका चार करोड मुल्यसहित एक जना पक्राउ

0
1124

दमक ।

राजश्व छली गरिएका ओरियन्स कम्पनीका करिब चार करोडभन्दा बढी मुल्य बराबरको सामान झापाको दमकबाट प्रहरीले बरामद गरेको छ ।

बिल सहितको ८७ लाख रुपैयाँ र बिना बिलको तीन करोड मुल्य बराबरको सामान बरामद गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले दमक ६ स्थित एक घरबाट ति सामानसहित कम्पनीका सञ्चालक मध्येका जितेन्द्र साहलाई पक्राउ गरेको जानकारी दिए ।

उनले बरामद सामान र पक्राउ परेका साहमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने प्रकृया शुरु गरिएको जनाएका छन । बरामद गरिएका सामानहरुमा सम्प्लीमेन्ट्र खाद्यन्न परिपुरक रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here