गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

0
896

बुधबारे  ।

नवोदित गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक भएको छ । ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आफै तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमनले स्वरबद्ध गरि कभर गीतको रुपमा सार्वजनिक गरेका छन्।

झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २, गलान गाऊँ निवासी हेमन नेपाली सानै देखि नै गीत गाउँदै आएका छन् । स्कुलमा आयोजना हुने साँस्कृतिक कार्यक्रम, देउसी भैलो, साथी सर्कल तथा विभिन्न इभेन्टमा उनले गीत गाउँदै आएका छन् । भर्खरै स्कुल जीवन पूरा गदै गरेका उनी क्लासिकल गीत समेत राम्रो सँग गाउन सक्ने मीठो स्वरका धनी संगीतमै भबिष्य खोज्ने बताउँछन् ।

ओरिजिनल भर्सन राज सिग्देलको स्वर, पुरुषोत्तम ढुंगेलको शब्द र चण्डीप्रसाद काप्mलेको संगीत रहेको बिन्दबासिनी म्यूजिक प्रा.लि. युट्युब च्यानलबाट प्रशारित, प्रकाशित चर्चित गजल गीत ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आपैm तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमन नेपालीले कभर गरेका हुन् । उनको यो कभर गीत ‘बि क्रिएसन इन्टरनेशनल’ यूट्यूब च्यानलमा २६ जनवरी २०२१ मा अपलोड भएको छ ।

हेमनको प्रतिभा प्रस्फुटनका लागि कभर गीत सार्वजनिक गरिएको बि क्रियसन इन्टरनेशनल युट्युब च्यानलका प्रतिनिधि भुवन तामाङले बताएका छन् । युट्यूबमा ujiter gai ya heman nepali खोजेर उनको यो गीत सुन्न सकिन्छ ।

बुबा कुबेर आमा देउकुमारी, भाई चेतन र बहिनी इन्दिराबाट आपूmलाई सांगितिक क्षेत्रमा लाग्न निरन्तर हौसला मिलिरहेको गायक हेमनले बताएका छन् । चाँडै नै अर्को पनि गीत ल्याउने योजना रहेको गायक हेमनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here