श्रेष्ठ परिवारद्वारा विद्यालयमा अक्षयकोषसहित पुरस्कार स्थापना

0
890

बिर्तामोड ।

झापा कनकाई नगरपालिका –९ घैलाडुव्वामा रहेको आदर्श विद्यामन्दिर प्राविधिक माध्यमिक विद्यालयमा कन्काई –९ घैलाडुव्वाका श्रेष्ठ परिवारले अक्षयकोष स्थापना गरेका छन् ।

कन्काई –९ घैलाडुव्वाका स्व. पूर्णकुमार श्रेष्ठका अमेरिका निवासी छोरा –वुहारी प्रकाशकुमार र साबित्रा श्रेष्ठले आफ्नो आमा बुवाको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

आफ्नी आमाको बार्षिकीमा उनका दाजुभाईहरु बिष्णुप्रसाद श्रेष्ठ , बिद्यालयका पूर्व शिक्षक तथा श्रोतब्यक्ति रामप्रसाद श्रेष्ठ ,सुरेश श्रेष्ठ, नारायण श्रेष्ठ, सकिल श्रेष्ठ, छोरी बिद्यालयका पूर्व शिक्षक बिमला श्रेष्ठ , कुसुम श्रेष्ठ, मीरा श्रेष्ठ लगायतले विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलालाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।

 

उक्त अक्षयकोषको रकमबाट बिद्यालयमा एक बर्ष अघिदेखि सञ्चालनमा रहेको प्राविधिक तथा ब्यावसायिक शिक्षा अन्तरगत कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई बार्षिक रुपमा दिने गरि पूर्ण बिजया प्रज्ञा पुरस्कार समेत स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताए । विद्यालयको शैक्षिक उन्नयनमा श्रेष्ठ परिवारले अक्षयकोषसहित पुरस्कार स्थापना गरेर ठूलो गुन लगाएको उनले बताए ।

यस अघि पूर्व विद्यार्थी रेणुका सिटौलाले आफ्नी आमा स्व. गौरामाया सिटौलाको स्मृतिमा विद्यालयको हातामा निमार्ण गरिएको सरस्वती मन्दिरको संरक्षण तथा सम्वद्र्धन र पूजा व्यवस्थापनका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here