चार पूर्व-प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

0
975

काठमाडौं,

सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको हो।

यी चार प्रधानन्यायाधीशहरुले गत पुस २४ गते ओलीले ‘असंवैधानिक’ तरिकाले प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै विज्ञप्ति निकालका थिए।

विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबीसहित वकिलहरु राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो।

मंगलबार प्रधानमन्त्री ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here