न्यानो कपडा पाउँदा विद्यार्थी दंग

0
773

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

दक्षिणी झापाको झापा गाउँपालिका – ५ पन्थापाडास्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थी औधी खुशी भए । जाडोको समयमा एकसरो कपडाको भरमा बिद्यालय आउने गरेका उनीहरु न्यानो कपडा प्राप्त गरेपछि खुशी भएका हुन् ।

सरगम संगीतालय बिर्तामोडले उक्त विद्यालयमा अध्ययन गर्ने ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार साहको अध्यक्षता तथा झापा गाउँपालिका – ५ का दिनेशप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गणेशले स्वागत गरेका थिए ।

 

कार्यक्रममा दाता तथा मोडल जनक खड्काले औचित्यमाथी प्रकाश पार्दै सरगम संगीतालय बिर्तामोडले न्यानो कपडा बितरण अभियान अन्तर्गत विभिन्न दाताहरुको सहयोगमा शान्तिनगरको गढीमाई मावि ,पन्थापाडाको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीदेखि बिर्तामोड –६ का वालवालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा बितरण गरिएको जानकारी दिए ।

साहित्यकार भगवति ढुंगेल, नविन ढुंगेल , समाजसेवी अम्बिका घिमिरे ,सीता कुँवर उप्रेती , कुमार कडरिया, लगायतले उक्त सामग्रीका लागि सहयोग गरेको जानकारी दिइयो ।

कार्यक्रममा साहित्यकार भगवति ढुंगेल, मोडल जनक खड्का, समाजसेवी अम्बिका घिमिरे ,सीता कुँवर उप्रेती , गायक लोकबहादुर सुवेदी , सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझी , सौगात संग्रौला, अर्जुन चुडाल, आशिका विमली , कृपा पौडेल लगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।

 

जाडोले कठ्याङ्ग्रिएर लुगलुग काम्दै विद्यालय आउन बाध्य बनेका विद्यार्थी न्यानो कपडा प्राप्त गर्दा हर्षले गद्गद् भएका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक एसएलवी कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here