सुवेदीको गीत ‘साँच्चै नै रमाईलो झापा बिर्तामोड’को लोकार्पण

0
1024

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच लोकबहादुर सुवेदीको गीत ‘साँच्चै नै रमाईलो झापा बिर्तामोड’को लोकार्पण गरिएको छ ।

मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सहआयोजनामा भएको कार्यक्रममा उक्त गीतको लोकार्पण गरिएको हो ।

मातृकला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षता तथा प्रा.डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीले स्वागत गरेका थिए ।

कार्यक्रममा साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्याएको भन्दै साहित्यकार देवीचरण भण्डारी सरोज र साहित्यकार तथा गीतकार भगवति ढुंगेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी झापाका संरक्षक तथा संस्थापक देवीभक्त श्रेष्ठ , अध्यक्ष हस्त परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा साहित्यकार तथा गीतकार ढुंगेलले औचित्यमाथी प्रकाश पार्दै सुवेदीको गीत‘साँच्चै नै रमाईलो झापा बिर्तामोड’ले झापाको बिर्तामोडलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल हुने बताइन् ।

कार्यक्रममा सुवेदीले आफ्नो पहिलो कोसेलीको रुपमा ‘साँच्चै नै रमाईलो झापा बिर्तामोड’ ल्याएको बताउँदै उक्त गीतले पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोडको गरिमा बढाएको बताए ।

 

‘साँच्चै नै रमाईलो झापा बिर्तामोड’को रचना, लय, संगीत लोकबहादुर सुवेदीको रहेको छ भने स्वर मातृकाप्रसाद संग्रौला र सीता भारतीको रहेको छ । गीतमा रोहित कर्माचार्य, मनिसा तामाङ , लोकबहादुर सुवेदी, जनक खड्का, भगवति ढुंगेल , मातृकाप्रसाद संग्रौला, अम्बिका घिमिरे ,देवी संग्रौलालगायतको अभिनय रहेको छ भने निर्माण तुलसा सुवेदीले र छायाङ्कन धर्मराज प्रसाईंले गरेका हुन् ।

कार्यक्रमको सञ्चालन मदनआश्रित चुडालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here