कनकाईमा सल्लाहकार समिति

0
620

सुरुङ्गा ।

नमूना विद्यालयको रुपमा प्रस्तावित सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा कमलप्रसाद पोखरेलको संयोजकत्वमा सल्लाहकार समितिको चयन गरिएको छ ।

विद्यालयका पूर्व अध्यक्ष र प्रधानाध्यापक समेत रहेका पोखरेल नेपाली भाषा–साहित्यका चिरपरिचित साधकका रुपमा प्रशिद्ध छन् । सल्लाहकारहरुमा आशा शर्मा शिवाकोटी, टेकनारायण संग्रौला, अखिलकुमार कोइराला, डिल्लीराम मैनाली, खेमप्रसाद प्रसाईं र गोपाल प्रसाईलाई चयन गरिएको छ ।

विद्यालयमा सल्लाहकार समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, शिक्षक र कर्मचारीबीच परिचयात्मक साथै स्वागत कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले स्वागत गरेका थिए ।

प्रधानाध्यापक कर्णबहादुर डाँगीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पीटीए अध्यक्ष नेत्रप्रसाद प्रसाई, सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघ कनकाई नगर समिति अध्यक्ष शारदा पाठक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सल्लाहकार टेकनारायण संग्रौलाले गीत प्रस्तुत गरेका थिए भने सञ्चालन तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here