अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा देवभूमि प्रथम

0
516

अर्जुनधारा ।

शहीद सप्ताह विशेष कार्यक्रम अन्र्तगत पुर्नजागरण युवा क्लब अर्जुनधाराको आयोजनामा शनिबार सम्पन्न भएको नगर स्तरिय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ अङग्रेजी माध्यमिक विद्यालय प्रथम भएको छ ।

क्लबका सचिव दिनेश खतिवडाका अनुसार आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालय द्धितीय र अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी आवासिय विद्यालय तृतीय भएका छन् ।

क्लबका अध्यक्ष सन्तोष पौड्यालको अध्यक्षता र शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

क्लबका सहसचिव दुर्गा रिमालले औचित्य तथा सचिव खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयकी प्रधानाध्यापक निर्मला पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रभात मिश्र र हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन सुशिल ढुड्डेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here