बालकल्याणका पूर्वविद्यार्थीद्वारा सम्मान

0
727

गौरीगञ्ज ।

भुतपूर्व विद्यार्थी समाज बालकल्याण मावि गौरीगञ्ज–१ ले एक कार्यक्रमको आयोजना गरी विद्यालयका भुतपूर्व प्रअ र कर्मचारीलाई सम्मान गरेको छ ।

झापाको चर्चित पर्यटकीयस्थल दोमुखामा भुतपूर्व विद्यार्थी पुनर्मिलन सम्मान तथा वनभोज कार्यक्रममा समाजले २०३८ सालदेखि विद्यालयमा अनवरत सेवा पु¥याउँदै आएका कर्मचारी बाजे भीमप्रसाद खनाललाई नगद पाँच हजार रूपैयाँ र सम्मानपत्रसहित दोसल्लाह ओढाएर सम्मान गरेको हो । उनलाई गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपीन्द्र थापा, संस्थाका अध्यक्ष विष्णु पौडेल, वार्ड नं. १का अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले सम्मान गरेका थिए ।

भुतपूर्व विद्यार्थी समाज बालकल्याण माविले विद्यालय र विद्यार्थीलाई हित र उन्नतिमा विशेष योगदान पु¥याए बापत उनीसहित विद्यालयका ५ जना भुतपूर्व प्रधानाध्यापकलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेको थियो । सम्मानित हुने प्रधानाध्यापकहरूमा जयलाल राजवंशी, नारायणबहादुर कार्की, भोलाप्रसाद खतिवडा, देवीप्रसाद बराल, अच्युत नेपाल थिए । त्यसैगरी संस्थाले २०६१ सालमा मोटरसाईकलमा दुर्घटना भएका विद्यालयका भुतपूर्व शिक्षक मोहनप्रसाद ओलीकि श्रीमती सीता ओलीलाई सशक्त नारी सम्मानले सम्मानित गरेको थियो भने ८ जना भुतपूर्व विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गौरीगञ्ज गाउँपालिका–१, कुञ्जिवारीमा वि.सं. २०१७ सालमा स्थापना भएको बालकल्याण माविमा एसएलसी दिने दोस्रो ब्याचका तीन जान भुतपूर्व विद्यार्थीले छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बालकल्याण माविबाट एसएलसी दिने दोस्रो ब्याचका प्याब्सन सुनसरीका अध्यक्ष तथा विद्यालयका भुतपूर्व विद्यार्थी विष्णु कोईराला, भुतपूर्व विद्यार्थी जमुना राजवंशी र सुशीला निरौलाले ५१ हजार रूपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उक्त अक्षयकोषलाई १ लाख रूपैयाँसम्म पु¥याई त्यसको ब्याजबाट वार्षिक रूपमा हुन आउने रकमबाट विद्यालयका मेधावी तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिने भुतपुर्व विद्यार्थी समाज वालकल्याण माविका अध्यक्ष विष्णु पौडेलले जानकारी गराएका छन् ।

भुतपूर्व विद्यार्थी समाज बालकल्याण माविका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको सम्मान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथि दिपिन्द्र थापा, वार्ड नं. १का अध्यक्ष कार्तिक लाल राजवंशी, विद्यालयको पहिलो ब्याचबाट कल्याणराज दाहाल पूर्वशिक्षक चन्द्रबहादुर खड्का, तत्कालीन गाविस उपाध्यक्ष देवेन्द्र राजवंशी, व्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रशुराम काफ्ले, शिक्षा अधिकृत केशवप्रसाद भट्टराई , सुनसरी प्याब्सनका अध्यक्ष विष्णु कोइराला, पत्रकार राजेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आफ्नो स्थापनाको दोस्रो वर्षको अवसरमा समाजले विद्यालयका पूर्व कर्मचारी र प्रअहरूलाई सम्मान गर्ने कार्यक्रमसहित सशक्त नारी सम्मान कार्यक्रम आयोजना गरेको हो । सशक्त नारी सम्मान र कर्मचारी सम्मान कार्यक्रमलाई निरन्तरता दिइने समाजका अध्यक्ष पौडेलले जानकारी गराएका छन् ।

कार्यक्रममा भुतपूर्व विद्यार्थी सदस्यता समेत वितरण गरिएको थियो भने कार्यक्रमलाई सफल बनाउन देश विदेशमा रहनुहुने विद्यालयका भुतपूर्व विद्यार्थीले आर्थिक सहयोग गरेका थिए । भुतपूर्व विद्यार्थी राजन निरौलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव भवानी काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here