बाल सुबोधिनीमा जुनियर रेडक्रस सर्कल गठन

0
978

दुहागढी ।

विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यका साथ झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच गठित सर्कलको अध्यक्ष निरुता राजवंशी, उपाध्यक्ष नवीन चापागाईँ, सचिव निशान्त थापा, सहसचिव सदीक्षा घिमिरे र कोषाध्यक्षमा अप्सना सुब्बा चयन भएका छन् ।

सर्कलका सदस्यहरुमा आश्था सुबेदी, विवेक लामिछाने, ममता राजवंशी, मनिका कार्की, सालेहा खातुन र सुशान्त न्यौपाने रहेका छन् । त्यसैगरी सर्कलको शिक्षक नायकमा मित्रलाल काफ्ले चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले नवगठित सर्कलका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै जुनियर रेडक्रस सर्कलका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here