कक्षा १२ को नतिजा प्रकाशित : ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित

0
722

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए।

जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्ध गरिनुका साथै कुल ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित गरिएको छ। कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।

परीक्षा स्थगित भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिनेछ। यस्तै परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिसलगायतबाट हेर्न सकिन्छ।

नतिजा एनटीसी सिमबाट १६०० मा डायल गरेर र बोर्डको वेवसाइटबाट थाहा पाउन सकिनेछ। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।

कोरोना महामारीका कारण यसपटक बोर्डले पूर्णाङ्कको ४० प्रतिशत हुनेगरी लिखित परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिएको छ। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here