शहीद धर्मभक्त माविमा पठनपाठन सुचारु

0
1059

उमानाथ भण्डारी,
कमल ।

कमल गाउँपालिका– ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा शिक्षकले छात्रामाथि गरेको अनैतिक व्यवहारविरुद्ध विद्यार्थीले गरेको आन्दोलका कारण अवरुद्ध पठनपाठन सोमबारबाट सञ्चालनमा आएको छ ।

छात्रामाथिे अनैतिक व्यवहार गर्ने दुई जना शिक्षकलाई हदैसम्मको कानूनी कारवाहीको माग गर्दै विद्यार्थीले गरेको आन्दोलनका कारण विगत तीन दिनदेखि विद्यालयमा नियमित पठनपाठन हुन सकेको थिएन ।

पीडित छात्रालाई न्याय दिलाउन र विद्यालयको पठनपाठन नियमित सञ्चालन गर्न आइतबार बसेको विद्यालय व्यवस्थापन समिति, विद्यार्थी संगठन, अविभावक, बालक्लवका पदाधिकारीहरुको बैठकले दोषी शिक्षककलाई सात दिनसम्म विद्यालय प्रवेशमा रोक लगाउने र सो समयभित्र विद्यालयको असहज परिस्थितीलाई सहज बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कमल गाउँपालिका शिक्षा शाखालाई पत्राचार गरिएको विद्यालयका प्रधानाध्यापक काजीमान पौडेलले जानकारी दिए ।

विद्यालयमा कार्यरत् दुई जना शिक्षकले छात्रामाथि पटक–पटक अनैतिक व्यवहार गरेपछि घटना बाहिर आएको बताइएको छ । शिक्षकको अनैतिक व्यवहारले छात्रालाई मानसिक तनाव हुने गरेकोले शिक्षकविरुद्ध हदैसम्मको कानूनी कारवाहीका लागि विद्यार्थी संगठनमध्ये अनेरास्ववियूका तर्फबाट कमल कटुवाल र नेपाल विद्यार्थी संघका तर्फबाट जितेन साम्पाङको संयुक्त दस्तखतसहितको ध्यानाकर्षण पत्र समेत सम्बन्धित विद्यालय, कमल गाउँपालिका शिक्षा शाखा र कमल गाउँपालिका वडा नम्वर ३ को कार्यलयमा बुझाएको विद्यार्थी नेता साम्पाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here