‘बासु’मा हरिप्रसाद लोकमाया भागिरथा स्मृति अक्षय कोषको स्थापना

0
1135

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा हरिप्रसाद लोकमाया भागिरथा स्मृति अक्षय कोषको स्थापना भएको छ ।

स्थानीय शिक्षासेवीहरु चुडामणि सुबेदी, भोला सुबेदी र कृष्ण सुबेदीले आफ्ना दिवंगत बुबा हरिप्रसाद सुबेदी, आमाहरु लोकमाया र भागिरथा सुबेदीको स्मृतिमा ५ लाख रुपैँयाँ राशीको अक्षय कोष स्थापना गरिदिएका हुन् ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच अक्षय कोष दाताहरुले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा र प्रधानाध्यापक विश्व थापालाई अक्षय कोषको रकम हस्तान्रण गरेका थिए । सोही कार्यक्रका बिच दाताहरुले विद्यालयको शैक्षिक विकासका लागि ५० हजार रुपैँयाँ सहयोगसमेत गरेका थिए ।

अक्षय कोषबाट प्राप्त हुने ब्वाज विद्यालयको पुस्तकालयका लागि पुस्तक खरिद र ई लाइब्रेरी व्यवस्थापनमा खर्च गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब्बाले विद्यालयमा विभिन्न दाताहरुले स्थापना गरिदिएको अक्षय कोष ८ वटा पुगेको जानकारी दिँदै सबै दाताहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here