निःशुल्क लोक सेवा तयारी कक्षा दुहागढीमा सुरु

0
729

दुहागढी ।

एक महिने निःशुल्क लोक सेवा तयारी कक्षा झापाको दुहागढीमा बुधवारदेखि सुरु भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ वडा समन्वय परिषद् मेचीनगर १४ को आयोजना तथा १४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा खरिदार पदको तयारी कक्षा सुरु भएको हो । प्रशिक्षणको एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलले उद्घाटन गरेका थिए ।

बाल सुबोधिनी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको प्रशिक्षणमा विभिन्न विषयमा राजन सुबेदीसहित १० जना प्रशिक्षकहरुले सहजीकरण गर्ने आयोजक संस्थाले जनाएको छ । प्रशिक्षणमा स्थानीय ३५ जना युवा युवतीहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण उद्घाटन समारोहमा कृष्णकुमारी सुबेदी, जीवन प्रसाईँ, विश्व थापा, कार्यपालिका सदस्य बिन्दा प्रसाईँ, नेपाल आदिबासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङ लगायतले मन्तव्य राखेका थिए ।

आयोजक संस्थाका अध्यक्ष मुनिलाल राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मनिषा राजवंशीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here